प्रेमी जाहिर इक्बालसँग विवाह गर्दै सोनाक्षी सिंहा

काठमाण्डौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको २३ जुनमा विवाह हुने भएको छ। उनले प्रेमी जाहिर इक्बालसँग विवाह गर्न लागेकी हुन।

सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन्। तर, सार्वजनिक रूपमा एकअर्काको प्रेम स्विकारेका भने छैनन्। यद्यपी, उनीहरुले विवाह गर्ने निर्णय भने गरिसकेका छन्।

सोनाक्षीले आफ्नो निकट साथीभाइ तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो समेत दिइसकेकी छन्। उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ।

अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ की अभिनेत्रीसमेत रहेकी सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्बिर राख्दै जन्मदिनको शुभकामना दिएका थिए।

दबंग फिल्मबाट बलिउडमा कदम राखेकी सोनाक्षी सन् १९८७ जून २ मा जन्मिएकी हुन। कुनै बेलाका अभिनेता तथा हाल भारतीय जनता पार्टीका नेता शत्रुधन सिन्हाकी छोरी हुन्, उनी। तर, बलिउडमा प्रवेश गरेर स्थापित भएसँगै उनको परिचयले पितालाई चिनाउनुपर्ने अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट