विपदमा उद्धार गर्न सिकाउने सशस्त्र प्रहरी जवानकै सेती नदीमा डुवेर मृत्यु

काठमाण्डौं– बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास देखाई रहेका एक सशस्त्र प्रहरी जवानकै सेती नदीमा डुवेर मृत्यु भएको छ। केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो।

जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए। उपचारका लागि जिल्ला अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए। सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो।

३५ जनाको टोलीले सेती नदीमा उद्धार अभ्यास गरिरहेकोमा पानीको भंगालोमा परेर उनी बेहोस भएका थिए। धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट