लुटेराको गोली प्रहारबाट महोत्तरीमा एक युवक घाईते

जनकपुर- महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरका एक युवकमाथि गोली प्रहार भएको छ। ३० वर्षीय मुरारी भनिने विनय महतोमाथि मरहा खोलामा गोली प्रहार भएको हो।

जानकारी अनुसार साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा २ वटा मोटरसाइकलमा आएका ७/८ जनाको हतियारधारी समुहले लुटपाट गर्न खोजेको थियो। महतो प्रतिकारमा उक्रिएपछि उनीमाथि गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताए।

कम्मरमा गोली लागेका उनलाई उपचारका लागि जनकपुर ल्याइएको छ। महोत्तरी प्रहरीका डिएसपी सन्तुलाल जयसवालका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी जयसवालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट