शौचालयमा पानी नहालेको विषयमा विवाद हुँँदा डेरावालाबीच खुकुरी हानाहान

काठमाण्डौं– काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा आश्चर्यको घट्ना भएको छ। शौचालयमा पानी नहालेको विषयमा विवाद हुँदा कोठा भाडा लिएर वस्नेहरुबीच नै विवाद हुँदा एक जनाले अर्कोलाई खुकुरी प्रहार गरेका छन्।

प्रहरीका अनुसार घट्ना ७ जेठको मध्यराति साढे १२ बजे भएको हो। शौचालय पानी नहालेको निहुँमा विवाद हुँदा रामेछापको मन्थली नगरपालिका–१३ का ५७ वर्षीय चेतबहादुर अधिकारी (कृष्ण) ले सोही घरमा डेरा वस्ने कमलबहादुर सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन।

अधिकारीलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखेको छ भने सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा दायर गरेको छ।

प्रहरीका अनुसार अधिकारी ०७२ सालदेखि गोठाटारस्थित साढे २ तलाको घरको भुइँ तलामा डेरा गरी बस्थे भने सुनार पनि २ वर्षयता सोही तलामा डेरामा बस्न थालेका थिए। एक वर्षसम्म उनीहरु राम्रैसँग बसे। पछिल्लो एक वर्षयता भने अधिकारी र सुनारबीचको सम्बन्ध बिग्रिएको थियो।

सुनारले आफुलाई हेप्ने गरेको अधिकारीको आरोप छ। सुनारको कोठामा कहिलेकाहीँ खानपिन भोजभतेर गर्दा आफन्तहरू आएको बेलामा हेपेर कुरा गर्ने र कोठा बाहिर रहेको शौचालय सफा गर्न अह्राउँथे।

गत ६ जेठमा अधिकारीलाई मामाका छोरा (भाइ) ले खाना खान कोठामा बोलाएका थिए। उनी भाइको कोठामा खाना खाएर राति करिव पौने १० बजे कोठामा फर्किएका थिए। शौचालयमा पिसाब गरेर कोठामा पसे। त्यही बेला सुनार आएर शौचालयमा पानी नहालेको भन्दै उफ्रिन थाले। त्यसवेला उनी चुपचाप सुते।

राती करिब १२ बजे फेरी उनलाई पिसाब लाग्यो र शौचालय गए। निस्कँदा सुनार पनि वाहिरै थिए। त्यसपछि उनीहरुकोबीचमा विवाद भयो। विवाद वढ्दै जाँदा हात हालाहाल समेत भएको अधिकारीले बयान दिएका छन्। सुनारले आफुलाई लात्तीले हानेपछि रिस उठेर मासु काट्ने खुकुरी उठाएको अधिकारीले बताएका छन्।

प्रहरीका अनुसार खुकुरीको प्रहारबाट सुनारको हातको औला छिनेको छ भने पेटमा समेत चोट लागेको छ। गुहार मागेपछि भेला भएका स्थानीयले सुनारलाई उद्वार गरी मदरल्याण्ड अस्पताल हुँदै भ्याली अस्पताल सुन्धारा पुर्याएका थिए।

त्यसपछि प्रहरी पनि घटनास्थलमा पुगेर अधिकारीलाई पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट