गायिका मेनुका पौडेलले लगाईन कृत्रिम आँखा, अव अरु जस्तै देखिन्छिन

काठमाण्डौं– गायिका मेनुका पौडेलले क्रित्रिम आँखा लगाएकी छिन्। गत वैशाखमै कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेर आाँखा लगाएपनि उनले ढिलो गरी चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी छन्।

तिलगंगा अस्पतालमा मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरिएको थियो। जहाँ उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) रारिएको छ।

अब मेनुकाले चस्मा लगाउनुपर्ने बाध्यता हटेको छ, तर, देख्न भने सक्ने छैनन। यसअघि भने मेनुकाले चस्मा लगाउँदै आएकी थिइन्। यो सर्जरीपछि सामान्य व्यक्तिजस्तै देखिए पनि उनको आँखाको दृष्टि भने फिर्ता आउने छैन।

कृत्रिम आँखाले नदेखे पनि चस्माबिना राम्रो देखिने भएकाले उनको आँखाको शल्यक्रिया गरिएको बताइएको छ। तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको समूहले कृत्रिम आँखा राखेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट