महाकाली नदीमा डुबेर १५ वर्षीय बालिकाको मृत्यु, एक बालिका अझै वेपत्ता
काठमाडौं– महाकाली नदीमा नुहाउन गएका दुई बालिका मध्ये १५ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक बालिका वेपत्ता भएकी छिन्।
बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडी प्रहरीका इन्स्पेक्टर बलराम पाण्डेका अनुसार रजनी र सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड शनिवार विहान कुस्मतघाटमा नुहाउन खोलामा गएका थिए।
त्यसै क्रममा दुवै जना पानीमा डुवेका थिए। उनीहरु मध्ये रजनीको शव फेला परेको छ। अस्मिता भने अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
