रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ, सीमावर्ती जिल्लामा कसरी आउँछ हतियार ?

जनकपुर– कोशी तथा मधेशका जिल्लामा पछिल्लो समय हतियार सम्वन्धित घट्ना वढिरहेका छन्। यसैक्रममा सशस्त्र प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट आईतबार राती भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल रामलाई पक्राउ गरेका हो। उनलाई सोमबार सार्वजनिक गरिएको छ।
सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंका अनुसार गौर नगरपालिका–२ महादेवपट्टि छेउस्थित नेपाल–भारत सीमा स्तम्भ नजिकबाट रामलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै मध्यरातमा मोटरसाईकल लिएर नेपाल छिर्न खोज्दा उनी हतियारसहित पक्राउ परेका हुन।
रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको हतियार बरामद भएको एसपी हुमागाईंले जानकारी दिए। रामसँगै मोटरसाईकलमा सवार अर्का एक भारतीय भने भारत तिरै भागेका थिए।
सशस्त्र प्रहरीले बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ।