अस्वभाविक रुपमा पुगेपछि दुबई जान हिडेका राजेशपायल राईलाई जहाजबाटै फर्काइयो

काठमाडौं– दुवई जान भन्दै पुगेका नेपालका चर्चित गायक राजेश पायल राईलाई विमानस्थलबाट फर्काईएको छ। अस्वभाविक रुपमा विमानस्थल पुगेकाले उनलाई त्रिभुवन विमानस्थल प्रहरीले फर्काई दिएको छ।

गायक राई फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए। तर, अत्यधिक मदिरा सेवन गरेका कारण विमान कर्मचारीले कम्प्लेन गरेपछि उनलाई रोकिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे।

उनी नर्मल अवस्थामा नभएकाले रोकिएको प्रहरीले जनाएको छ। उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए। जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट