सिमलताल पहिरो अपडेटः एन्जल डिलक्समा थिए ७ भारतीय नागरिकसहित २४ यात्रु (टिकट लिनेको नामसहित)
काठमाण्डौं– चितवनको सिमलताल पहिरोमा बेपत्ता भएको प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा चालक र भारतीय यात्रुसहित २४ जना रहेको खुलेको छ।
वीरगञ्जदेखि काठमाडौंका लागि छुटेको उक्त बसका मालिक, चालक, सहचालकबाहेक २१ यात्रु थिए। तीमध्ये ७ जना भारतीय नागरिक हुन। बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन छैन। बसमा मालिक राजेन्द्र केसीसहित जवाहिर महतो चालक र राजकुमार लामिछाने सहचालक थिए।
प्रकाश पटेल (पिपरा)को नाममा २ जना, बिद्यानन्द नारायण राउत (जमुनिया) को नाममा २, सलिम मियाँ (रघुनाथपुर) को नाममा २ जना, रैफुल आलम (कटैया) को नाममा २ जना, सुजितजी (रामनगरी) को नाममा २ जना, अरविन्द दुबेजी (वीरगन्ज), हरेन्द्र पन्डित (वीरगन्ज) र प्रमानन्द पन्डित (मुसहर्वा) को नाममा टिकट काटिएको छ।
यसैगरी, भारतीय नागरिकहरु अन्सारी जीको नाममा २ जना, सन्तोष ठाकुर, सुरेन्द्र साह, आबिद मिया, सुनिल साह, शाहनवाज बसमा सवार थिए।
यो पनि,