विहानैदेखि बेपत्ता बस र यात्रुको खोजीमा खटियो सुरक्षाकर्मीको टोली

चितवन– चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालबाट शुक्रबार विहानदेखि बेपत्ता भएका दुई बस खोज्न सुरक्षाकर्मी टोली आज विहानै घट्नास्थलमा पुगिसकेको छ।

शुक्रवार बिहान साढे ३ बजे झण्डै ५० जना यात्रुसहितका पहिरोसँगै त्रिशूलीमा खसेका बस अझै फेला परेका छैनन्। त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन्।

शुक्रबार साँझ गोताखोरले एन्जल डिलक्सको पर्दा र बच्चाको ट्राउजर फेला पारेका थिए। दुवै बसमा गरी करिव ५० जना यात्रु रहेको जनाईएको छ। गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए भने एन्जलमा २४ जना रहेको जनाईएको छ। गणपति डिलक्सबाट हाम फालेर ३ जनाले ज्यान बचाएका छन्। अन्यको अवस्था अज्ञात छ।

झ्यालबाट हामफालेर बाँचेकाहरु रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्दन दास, राजदेवी नगरपालिका–९ का ४५ वर्षीय जोगेश्वर राय यादव र गढीमाई नगरपालिका–३ का २६ वर्षीय सुरज गुप्ता प्रहरीको सम्पर्कमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट