बौद्धिक अपाङ्गता भएकी २१ वर्षीया युवती बलात्कृत, ८६ वर्षीयसहित ३ जना वृद्ध पक्राउ

काठमाण्डौं– ओखलढुंगामा बौद्धिक अपांगता भएकी एक अविवाहित युवती गर्भवती भएपछि बलात्कारको आरोपमा प्रहरीले गाउँका ३ जना वृद्धलाई पक्राउ गरेको छ। युवतीको पेटमा तीन महिनाको गर्भ रहेको पाईएपछि बलात्कारको घट्ना सार्वजनिक भएको हो।

प्रहरीले मानेभन्ज्याङ गाउँपालिका–९ का ८६ वर्षीय कपिलमणि गौतम, ६३ वर्षीय नन्दलाल गौतम र ५० वर्षीय केशरप्रसाद बास्तोलालाई पक्राउ गरेर अनुशन्धान गरिरहेको छ। युवती गर्भवती भएको खुलेपछि परिवार तथा आफन्तले सोधखोज गर्दा उनी बलात्कारमा परेको खुलेको थियो।

सोधखोजका क्रममा पीडित युवतीले केशरप्रसाद बास्तोलाको नाम लिएकी थिईन। बास्तोलाले आफनो अपराध स्विकारेका छन्। युवती गर्भवती भएको हल्ला चलेपछि बास्तोलाले घट्नालाई विषयान्तर गर्न आफु अपहरणमा परेको नाटकसमेत गरेका थिए।

६ साउनको राती मानेभञ्ज्याङ गाउँपालिका– ९ स्थित मोलुङ खोलाकिनारमा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते अवस्थामा उनलाई फेला पारिएको थियो। उनी आफैले ‘मानेभञ्ज्याङ गाउँपालिका– ९, मोलुङ खोलास्थित झोलुंगे पुलमा नकावधारी ३ अपरिचितले अधबैँसे पुरुषलाई अपहरण गरेर धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको र भएको रकम लुटपाट गरेर घाइतेलाई झोलुंगे पुलबाट खोलाको किनारमा फालिदिएको’ भन्दै प्रहरीलाई फोन गरेका थिए। त्यो सवै नाटक रहेको पछि मात्रै खुलेको छ।

घाँटी, हात, खुट्टा, छाती र भुँडीमा धारिलो हतियारको गम्भीर चोट रहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी स्थानीय हेल्थ पोस्टमा प्राथमिक उपचार गराएको थियो। पछि थप उपचार गर्न काठमाडौंस्थित ट्रमा सेन्टर पठायो। बास्तोलाको उपचार भइरहेकै बेला प्रहरीले गरेको अनुशन्धानमा उनी नै बलात्कारमा संलग्न भएको खुल्दै गयो।

अपहरणपछि आक्रमणमा परेको घट्ना पनि काल्पनिक भएको प्रहरीले मेसो पायो। घटना सार्वजनिक हुने डरले त्यसलाई विषयान्तर गर्न उनले अपहरण र लुटपाटको कथा रचेर प्रहरीलाई फोन गरेको पनि खुल्यो।

प्रहरीका अनुसार बास्तोला ६ साउनको साँझ घरबाटै चक्कु बोकेर निस्किएका थिए। खोलामा पुगेर चक्कुले आफैँमाथि प्रहार गरी झोलुङ्गे पुलबाट हामफाले। त्यसपछि राति करिब साढे ११ बजे जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा फोन गरेर अपहरण र लुटपाटको कथा सुनाए।

अनुशन्धानमा सवै कुरा खुलेपछि बास्तोलाले आफनो अपराध र नाटक सबै स्विकारेका छन्। त्यसपछि बाँकी दुई जना पनि पक्राउ परेका हुन। उनीहरुले फरक–फरक मितिमा युवतीलाई बलात्कार गरेको खुलेको छ। परिवार आफन्त र प्रहरीको सहमतिमा युवतीको पेटमा भएको बच्चा गर्भपतन गरि फालिएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर विजय कार्कीका अनुसार गर्भपतन गरिएको बच्चा कसको हो भन्ने खुलेको छैन। डीएनए परिक्षणपछि त्यसको बारेमा जानकारी हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट