पहिरोले घर पुरिँदा नातिनी–बज्यै बेपत्ता, घर वाहिर रहेका श्रीमान श्रीमती बाँचे

काठमाण्डौं– रोल्पाको सुनछहरी गाउँपालिका–४, कामी डाँडामा शुक्रबार राती पहिरोले घर पुरिँदा ६० वर्षीया वृद्धा र ४ वर्षीया बालिका बेपत्ता भएका छन्। उनीहरु सम्वन्धमा नातिनी वज्यै हुन।
पहिरोले २४ वर्षीय देउसिंह कामीको घर पुरिएको हो। घरसँगै देउसिंहकी आमा बसुना सुनार र छोरीलाई पुरेको स्थानीयले बताएका छन्। देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेको उनीहरुको भनाई छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाका अनुसार घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजे जानकारी गराएका थिए। सूचना पाउनासाथ प्रहरी घटनास्थलमा छ। तर, वर्षा र पहिरो झर्ने क्रम रोकिएको छैन। त्यसैले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया