जीप दुर्घटनामा परेका ब्यक्तिको राती नै मृत्यु, ६ जनाको उपचार हुँदै

काठमाण्डौं– दाङको शान्तिनगर गाउँपालिका–१, हाँडीचौरमा आईतबार बेलुका भएको जीप दुर्घटनामा घाइते भएका १ ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका–३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको गएराती मृत्यु भएको हो। टाउको र छातिमा गम्भीर चोट लागेका उनलाई राती पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।

तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार बेलुका साढे ७ बजे आफै अनियन्त्रित भइ हाँडीचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा ७ जना घाइते भएका थिए। बाँकी ६ जनाको उपचार भइरहेको थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट