४ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, आगो लागेको प्रहरीको पुष्टि

काठमाण्डौं– चार जना सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। रसुवाको स्याफ्रुबेसी उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको नुवाकोटका एसपी शान्तिराज कोइरालाले वताए। हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको उनको भनाई छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए।
प्रतिक्रिया