वैदेशिक रोजगार विभागका कर्मचारी बलात्कार आरोपमा पक्राउ

काठमाण्डौं– वैदेशिक रोजगार विभागका एकजना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन्।
एक युवतीले दिएको बलात्कार आरोपको उजुरीका आधारमा प्रहरीले बिभागका कर्मचारी सुब्बा घलेलाई पक्राउ गरेको हो। घलेलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घले वैदेशिक रोजगार विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए।
प्रतिक्रिया