मोटरसाईकल दुर्घटनामा प्रहरी जवानकै मृत्यु, अर्का एक जना घाईते

जनकपुर — रौतहटमा आईतबार मोटरसाईकल दुघर्टना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने मोटरसाईकलको पछाडि बस्ने अर्का एक ब्यक्ति घाईते छन्।

चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा दुर्घटना भएको थियो।

आफैं अनियन्त्रित भएर मोटरसाईकल दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाईटे अवस्थामा उनलाई चन्द्रनिगाहपुरस्थित हाईवे ट्रमा अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।

प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत यादव वृन्दाबन नगरपालिका ३ का निवासी हुन। कार्यालयको काम विशेषले रौतहट आएको बेला दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परि मोटरसाईकलको पछाडि बस्ने वृन्दावन– १ का २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट