दाङमा स्ट्रिङ फेल भएर बस दुर्घटना हुँदा २० जना घाइते

काठमाण्डौं– लमही–घोराही सडक खण्डस्थित दाङको सिस्ने खोलामा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

बुटवलबाट तुलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस दिउँसो साढे ३ बजे सिस्ने खोलाको उकालो नजिक दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार २० जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ सई ईश्वरी देवकोटाले जानकारी दिए।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बसको स्ट्रिङ फेल हुँदा दुर्घटना भएको चालकले बताएका छन्। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट