सर्पले डसेपछि झारफुकमा लाग्दा ६ वर्षीया बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
काठमाण्डौं– विषालु सर्पले डसेपछि उपचार भन्दा धामिझाँक्रीको भरमा पर्दा दाङमा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भिर छ।
दाङको घोराही उपमहानगरपालिका–६ गुरुवामा २५ वर्षीया आश्मा चौधरी र उनकी ६ वर्षकी छोरी इन्दुलाई गएराती सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएर पनि उपचारमा नगई झारफुकमा लाग्दा बालिका इन्दुको राती नै मृत्यु भएको छ।
आश्माको अवस्था पनि गम्भीररहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार गम्भीर अवस्थाकी आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रतिक्रिया