लिटरमै ५ रुपैयाँ घट्यो पेट्रोलको मुल्य, डिजल र मट्टितेलमा ३ रुपैयाँ

काठमाण्डौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा विक्रि गर्न पाइने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५४ रुपैयाँमा विक्रि गर्न पाइने छ। यता चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६२ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ तोकिएको छ। यो मुल्य बिहिबार राति १२ बजेपछि लागू हुनेछ।
प्रतिक्रिया