सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रवाती नदी थुनियो, सतर्क रहन सेनाको आग्रह

काठमाण्डौं– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रवाती नदी थुनिएको छ। तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा खसेको पहिरोले इन्द्रावती नदीको वहाव थुनेको हो।
जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ। सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै प्रभावित हुन सक्ने क्षेत्रका वासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।
प्रशासनले पाँचपोखरी थाङपाल गाउँपालिका– ७, ८ तथा मेलम्ची नगरपालिका– ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका–१०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको हो।
प्रतिक्रिया