इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

काठमाण्डौं– दाङको तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ।

दमार गाउँकै मुकेश विक र यामबहादुर नेपालीको मृत्यु भएको हो। बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न उनीहरु भित्र छिरेका थिए। उनीहरु निसास्सिएर भित्रबाट बाहिर निस्कनै नसकेको स्थानीयले वताए।

घट्नाको जानकारी पाएर पुगेको इलाका प्रहरी कार्यालय तलुसीपुरको टोलीले उनीहरुलाई इनारबाट निकालेको थियो। उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा ११ बजे उनीहरुको मृत्यु भएको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट