अनारमनी थानाका थुनुवा अस्पतालबाट फरार, थुनुवालाई कस्ले दियो हतकडीको चावी ?

दमक– झापाको अनारमनीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवा प्रहरीलाई छक्याएर फरार भएका हुन।

लागूऔषध ओसापसारको आरोपमा पक्राउ परेका दमकको बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई प्रहरी नियन्त्रणबाट फरार भएका हुन।

अत्यधिक पेट दुख्यो भनेपछि उनलाई मंगलबार बिर्तामोडको पूर्णटुङ बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो। प्रहरी हवल्दार बमबहादुर राईले उनलाई हतकडीसहित अस्पताल लगेका थिए।

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएको प्रहरीको भनाई छ। तर, हतकडीको चावी प्रहरीसँगै हुने भएकाले उनले कसरी हतकडी फ्यालेर भागे भन्ने प्रहरीले खुलाएको छैन।

उनको खोजतलासमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्ट नेतृत्वको टोली परिचालन भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्दामा २ भदौमा बिर्तामोड बसपार्कबाट पक्राउ परेका थिए। उनको साथबाट १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर उनको बारेमा अनुसन्धान गरिरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट