बाघको आक्रमण र २ साताको भोकले बाघ मर्यो, बलबहादुर राईको भैंसी ‘हिरो’ !

चितवन– नेपाली समाजमा एउटा उखान छ– बाघ वुढो र स्याल तन्नेरी। अर्थात बाघ जति नै वुढो भएपनि अन्य जनावरलाई भारी पर्छ। तर, आज विहान मकवानपुरको मनहरीमा भैंसीले बाघ मारेर उखानलाई नै गलत सावित गरिदिएको छ।

यो विषयले अहिले निकै चर्चा पाएको छ। खास गरी भैंसीले बाघ मारेको विषयले सामाजिक सञ्जालमा रमाईलो दिईरहेको छ। कतिपयले यसलाई ट्रोल बनाएका छन्। झट्ट सुन्दा पत्याउनै नसकिने यो घट्ना कसरी भयो ? भनेर सवैले चासो दिएको पनि पाईएको छ। वन्यजन्तु विशेषज्ञसमेत यो घटनाले चकित परे।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजय श्रेष्ठले मकवानपुर गाउँपालिका–६, प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले मारेको बाघको अवस्था हेर्दा पत्याउनै पर्ने अवस्था रहेको बताएका छन्।

बाघको अवस्था जाँच गरिसकेपछि उनले बताए अनुसार सामान्यतया बाघको आयु १२ देखि १५ वर्षसम्म मानिन्छ। मारिएको बाघ ८ वर्षमात्रै उमेरको वयस्क भाले बाघ हो। यो बाघ जंगलमा बाघसँग नै जुधेर सख्त घाइते अवस्थामा रहेको पाईएको छ। टाउको र शरीरका विभिन्न ठाउँको घाउ गन्हाईसकेको पाईएको छ। पोष्टमार्टमपछि बाघ २ सातादेखि भोको रहेको पनि खुलेको छ।

चोटै चोटले बिरामी अवस्थामा रहेको बाघ उठेर जंगल पस्न नसक्ने अवस्था भएपछि खानेकुरा खोज्न गाउँ पसेको देखिएको छ। भैँसीसँगको भिडन्तमा सिङको चोट गहिरोसँग टाउकोमा लागेर बाघ मरेको पाईएको छ।

सामान्य अवस्थाको बाघलाई भैँसीले मार्न नसक्ने उनले बताए । भैँसी वा राँगाको झुण्डले एकैपटक आक्रमण गर्दा मार्न सक्ने भएपनि एक्लो भैँसीले भने सामान्य अवस्थाको बाघलाई मार्न नसक्ने श्रेष्ठ बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट