सडक ढलान र बाटो निर्माणको पैसाबाट जनप्रतिनिधि र कर्मचारीलाई साढे ७ लाखको मोवाईन
राजविराज– सप्तरीको बलान विहुल गाउँपालिकाले सडक ढलान, बाटो निर्माण र सिपमुलक तालिमको पैसाले जनप्रतिनिधि र कर्मचारीका लागि साढे ७ लाखको मोवाईल किनेको खुलासा भएको छ।
महालेखा परिक्षकको आव ०७९/०८० को प्रतिवेदन अनुसार गाउँपालिकाले स्विकृत कार्यक्रम संशोधन गरी मोवाईल खरिद गरेको पाईएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ। तर, २१ वैशाख ०७९ मा वसेको गाउँसभाबाट ६० वटा कार्यक्रम संशोधन गरी विभिन्न ३७ वटा कार्यक्रम स्वीकृत गरेको देखिन्छ।
संशोधित कार्यक्रम अनुसार मोबाईल खरिद (नयाँ योजना) मा ३ लाख ७५ हजार विनियोजन भएको छ। आव २०७९/८० को वार्षिक कार्यक्रम तथा वजेटबाट स्विकृत पुँजिगत प्रकृतीको फर्निचर खरिद, सडक ढलान बाटो निर्माण तथा सिपमुलक तालिम कार्यक्रमबाट रकम कट्टा गरी मोवाईल खरिदमा वजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।
पालिकाले गाउँपालिकाको पुँजिगत बजेट उपशिर्षकअन्तर्गत यस वर्ष ७ लाख ४१ हजार १३९ मा ३० वटा मोबाईल सेट खरिद गरेको पाईएको छ। यसरी मोवाईल खरिद गर्दासमेत मोबाईलको स्पेसिफिकेशन, लागत अनुमान तयार नगरी पटक–पटक सोझै खरिद गरेर अनियमितता गरेको महालेखाको प्रतिवेदनमा औंल्याईएको छ।
यसरी पुँजिगत योजनाको रकम कट्टा गरी सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित खरिद गरिएको मोवाईको खर्च सैद्धान्तिक वेरुजु भएको प्रतिवेदनमा उल्लेख छ।

यो पनि,
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
