प्रहरी हिरासतबाट फरार भएका भुटानी शरणार्थी ‘चुरोटको लत’का कारण ४ दिनपछि पक्राउ

दमक– झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राईलाई ४ दिनपछि पक्राउ परेका छन्।

राई शनिबार बिहान करिव ११ बजे अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाईकल भित्र वसेर चुरोट खाँदै वसेका वेला पक्राउ परेका हुन। उनी ५ भदौको विहानका राती बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट भागेका थिए।

पेट दुखेको वहाना बनाएपछि ४ भदौमा राईलाई अस्पताल भर्ना गरिएको थियो। उनी सुरक्षामा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई धक्का दिएर लडाई फरार भएका थिए। हवल्दार राई निलम्बनमा छन्।

विशाललाई लागूऔषध ओसार पसारको कसुरमा गत २ भदौमा बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डबाट पक्राउ गरिएको थियो। उनको साथबाट १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद लिएर अनुशन्धान गरिरहेका बेला उनी फरार भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट