सुत्ने कोठामै शरीरमा पेट्राल छर्केर आगो लगाएका युवकको मृत्यु

काठमाण्डौं– बारामा एक युवकले आफ्नै शरीरमा आगो लगाएर मृत्यु रोजेका छन्। गढीमाई नगरपालिका–४ का २२ वर्षीय राजाबाबु जैसवालको आगोले जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जैसवाल हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका थिए। उनले कोही नभएको समयमा सुत्ने कोठामै आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए।

जैसवाललाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर हस्पिटल पठाईएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट