पूर्व डिआईजी, वहालवाला सई र पूर्वउपसभामुखका छोरासहित १० जना शिकारी पक्राउ

राजविराज– सप्तरीमा बन्यजन्तु चोरी शिकारीमा संलग्न १० जनाको भीआईपी टोली बुधबार मध्यराती पक्राउ परेको छ। शिकारी टोलीमा नेपाल प्रहरीका पूर्व डिआइजी, वहालवाला सई (प्रहरी नावय निरिक्षक) र पूर्व उपसभामुखका छोरासमेत छन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१, कोसीव्यारेज क्षेत्रमा बँदेल मारेर ट्याटरमा लोड गरी फर्किदै गर्दा भारदह क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। शिकारी टोलीमा पूर्व डिआईजी ६१ वर्षीय ज्ञानविक्रम शाह र सई ४४ वर्षीय सञ्जय न्यौपानेसहित छन्। शाह सुनसरीको इटहरी उपमहानगरपालिका–२ र न्यौपाने विराटनगर उपमहानगरपालिका–३ का निवासी हुन।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा ३७ वर्षीय आकाश बहरखेर यादव, सोही नगरपालिका–२ का ५१ वर्षीय जर्नादन राउत, वडा नं.–५ का २३ वर्षीय ओमशंकर प्रसैला, वडा नं–१ का ५० वर्षीय लक्षमण मण्डल, वडा नम्बर–३ का ५१ वर्षीय शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का ५१ वर्षीय लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र इटहरी–२ का ३३ वर्षीय प्रदीप लिम्बु पनि पक्राउ परेका छन्।

उनीहरु को २ त ६९ नम्बरको ट्रयाक्टर गोली हानी मारिएको बदेल लोड गरेर प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियोमा फर्किदै दिए। सोही समयमा उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ। शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएको छ।

पूर्व डिआइजी शाह र वहालवाला सई न्यौपाने लामो समयदेखी कोसीव्यारेज क्षेत्रमा हतियारसहित शिकार खेल्न आउने गरेको स्थानीयको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनावारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीका डिएसपी ढुण्डीराज न्योपानेले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट