विवाहेत्तर सम्वन्धको दुःखान्त, भीडीओ कल गरेर दुई छिमेकीले पासो लगाए

दमक– झापामा विवाहेत्तर सम्वन्धका कारण दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान ३ घण्टाको अन्तरालमा दुवै जनाले झुण्डिएर आत्महत्या गरेका छन्।

घट्ना अर्जुनधारा गाउँपालिका–६, लक्ष्मी टोलमा भएको हो। घट्ना विवरण अनुसार करिव २४ वर्षकी नम्रता पाठकले शुक्रबार बिहान छिमेकी करिव ३५ वर्षीय कृष्ण ढुङ्गेललाई ह्वाट्सएपमा भीडीओ कल गरिन।

दुवै जना गफ गर्दागर्दै घरको पूजाकोठामा गएर सलको पासो लगाई उनले आत्महत्या गरिन। करिव साढे ९ बजे ढोका खोलेर हेर्दा उनलाई मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ। त्यसको केही समयपछि नै ढुंगेलले पनि पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाई छ।

पत्नी र छोरीसमेत रहेका ढुंगेलले घरमा कोही नभएको मौका कुरेर आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुवैका बीचमा बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको प्रहरीले घट्नाको अनुशन्धान भईरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट