पहिरोमा परी वडा सदस्य र उनको श्रीमानको मृत्यु, २ बालिकाले यसरी ज्यान बचाए

काठमाण्डौं– जाजरकोटको बारेकोट गाउँपालिका–६, की वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका पति ४० वर्षीय मानबहादुर चलाउनेको पहिरोमा पुरिएर मृत्यु भएको छ।
धुमा गाउँमा रहेको उनीहरुको घर माथिबाट गएराती पहिरो खसेको थियो। पहिरोमा घर वगेपछि पुरिएका उनीहरुको शव पहिरो पन्साएर निकालिएिको हो। उनीहरूकी ११ वर्षीया छोरी सम्झना घाईते छिन्। उनको हात र मुखमा चोट लागेको छ। सम्झानालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ।
सोही घरमा रहेकी १८ वर्षीया विमला चलाउने पहिरो आउनुभन्दा अगाडि सकुशल बाहिर निस्किएको प्रहरीले जनाएको छ। ४ जना सुतिरहेको अवस्थामा पहिरो गएको थियो।
प्रतिक्रिया