मोटरसाइकलको ठक्करबाट विद्यालयबाट घर फर्किदै गरेकी ७ वर्षीया बालिकाको मृत्यु

जनकपुर– धनुषामा मोटरसाईकलको ठक्करबाट विद्यालयबाट घर फर्किदै गरेकी ७ बर्षीया बालिकाको मृत्यु भएको छ।

नम्बर नखुलेको मोटरसाइकलले ठक्करबाट क्षिरेश्वरनाथ नगरपालिका–७ महादेवमण्ठकी रिता यादवकी छोरी ७ वर्षीया रचना यादवको मृत्यु भएको हो। स्थानीय दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिएर घर फर्कीरहेकी बालिकालाई बिहान साढे ९ बजे मोटरसाइकलले ठक्कर दिएको थियो।

बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएका छन्। मोटरसाइकल चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनुकुमार साहले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट