भरतपुरमा पिकअप र बस ठोक्किएर दुर्घटना हुँदा साईकल यात्रीको मृत्यु

चितवन– चितवनमा दुई वटा गाडीका चालकको कमजोरीले दुर्घट्ना हुँदा साईकल यात्रीको मृत्यु भएको छ।
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका– १, पानी ट्याङ्कीको ओरालोमा पिकअप र बस ठोकिएका थिए। पिकअप र बस ठोक्किएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो।
चितवन प्रहरीका अनुसार मुग्लिनबाट आँपटारी आउँदै गरेको बा.प्र. ०१–०२६ च ५५१९ नम्बरको पिकअप र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ न.को बस ठोक्किएका थिए। दुर्घटनामा वस अनियन्त्रित भएको पिकअपले साइकललाई पनि ठक्कर दिएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले वताए।
दिउँसो करिव साढे ४ बजे भएको दुर्घटनामा भरतपुर–१, रामननगरका ६४ वर्षीया राम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते थापालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचार नथाल्दै उनको मृत्यु भएको थियो।