मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ, गेट नखोलेपछि पर्खाल नाघेर घर भित्र पसेको थियो प्रहरी

काठमाण्डौं– झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुर प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो। प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो।
तर, घरको गेट नखोलेपछि प्रहरी कमाउण्ड नाघेर भित्र पशेको थियो। प्रसाईलाई घरबाटै नियन्त्रणमा लिईएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले वताए। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।
सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाई विरुद्ध रास्वपाकी नेतृ ज्वाला संग्रौलाले साईवर ब्युरोमा उजुरी हालेकी थिईन। प्रसाईले युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा ‘जापानमा वेस्यावृत्ति गरेकी महिला’ भन्ने आसयमा संग्रौलाको आलोचना गरेका थिए। तर, उनको नाम भने लिएका थिएनन्।