रवि पक्राउ पर्ने आशंकामा रास्वपाले बोलायो आकस्मिक भेला

काठमाण्डौं– रवि लामिछाने पक्राउ पर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक भेला बोलाएको छ। रास्वपा बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेले कार्यकर्तालाई यथाशिघ्र केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएका छन्।

उनले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्। उनले सवैलाई म्यासेज गरेर पार्टी कार्यालय बोलाएको जनाईएको छ। म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ। रास्वपाका सभापति रवि लामिछानेसहित कतिपय केन्द्रीय नेताहरु पार्टी कार्यालयमा रहेको स्रोतले जनाएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो। प्रहरीले उनलाई आजै पक्राउ गर्ने जनाईएको थियो।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट