काठमाण्डौंबाट राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाईते

नवलपरासी– काठमाण्डौंबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। बसमा सवार ४५ यात्रु मध्ये २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदबहादुर पौडेलले वताए।

अन्य यात्रु सकुशल छन्। घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *