झापामा मोटरसाईकलको ठक्करबाट दुई जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राती ८ बजे प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएका बिर्तामोड नगरपालिका–६, बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो।

मोटरसाईकलको ठक्करबाट टाउको र खुट्टामा चोट लागेका लिम्बुलाई उपचारका लागि तत्कालै बिएन्डसी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

यसैगरी, डेढ महिनाअघि आफ्नै घरअगाडि मोटरसाइकलको ठक्करबाट घाइते भएका बिर्तामोड नगरपालिका– २ बेलडाँगीका ६५ वर्षीय कमल श्रेष्ठको पनि उपचारका क्रममा आज विहान मृत्यु भएको छ।

२३ साउनमा बिर्तामोडबाट राजगढतर्फ जाँदै गरेको मे. ९ प ७०१४ नम्बरको मोटरसाइकलले साइकलमा रहेका श्रेष्ठलाई ठक्कर दिएको थियो। टाउकोमा चोट लागेका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो।

टाउकाको शल्यक्रियापछि चिकित्सकको निगरानीमा उपचार गराईरहेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेको मृत्यु भएपछि मोटरसाईकल चालक बाह्रदशी गाउँपालिका –२ का कृष्ण राजवंशी (महालक्ष्मी इन्टरनेसनलका कर्मचारी) को खोजी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट