च्याउको तरकारी खाँदा एकै परिवारका ३ सहित ४ जना बिरामी
विराटनगर– मोरङको बूढीगंगामा जंगली च्याउ खाँदा एकै परिवारका ३ सहित चारजना बिरामी परेका छन्। बिरामी हुनेमा दुई नाबालिकासमेत छन्।
प्रहरीका अनुसार मंगलबार राती बूढीगंगा गाउँपालिका–६, औलानपुरका २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा च्याउको तरकारी पकाएर खाएकाहरू विरामी परेका हुन।
विरामी हुने इन्द्रकुमार सहित उनका ८ र ७ वर्षका छोरीहरू तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू छन्।
उनीहरुलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ। च्याउ खाएकाहरुलाई वान्ता हुने, छाति दुख्नेलगायतका समस्या देखा परेको छ।
प्रतिक्रिया