यातायात कार्यालयबाट पक्राउ पर्ने नक्कली डाक्टर इटहरीकी कार्यपालिका सदस्य विन्दाकी छोरी (नामसहित)

इटहरी– यातायात व्यवस्था कार्यालय इटहरी (सवारी तथा चालक अनुमति पत्र) बाट बुधबार १ जना नक्कली डाक्टर सहित १५ जना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सीडीओ रामचन्द्र तिवारी नेतृत्वमा खटिएको अनुगमन टोलीले नक्कली डाक्टर सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनारकी २४ वर्षीया मनिका गिरीसहित अन्य बिचौलियालाई पक्राउ गरेको हो। नक्कली डाक्टर गिरी इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य बिन्दा गिरीकी छोरी हुन्।

गिरीले यातायात कार्यालय अगाडि सवारी चालक अनुमती पत्रका लागि परिक्षा दिन आउनेहरुको आँखा जाँच गर्ने गरेकी थिइन्। अन्य पक्राउ पर्नेमा सप्तरीको राजगढका गाउँपालिका–४ का ४४ वर्षीय प्रशान्त साह, उदयपुरको त्रियुगा नगरपालिका, गाईघाटका १९ वर्षीय महेश राई, त्रियुगा नगरपालिका–३, भुल्केका २३ वर्षीय संयोग राई, इटहरी–४ का ३४ वर्षीय देवेन्द्र बस्नेत र मोरङको बुढीगंगा–२ टंकिसुनवारीका ३२ वर्षीय सुशील साह रहेका छन्।

यसैगरी, सुनसरीको इटहरी–१ का ३७ वर्षीया प्रगति खतिवडा, इटहरी–४ का ३९ वर्षीय महन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी–५ का १९ वर्षीय अजित खवतरी, इटहरी–९ का सन्दिप श्रेष्ठ, रामधुनी–१ का ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रङ्गेली नगरपालिका–९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, धनकुटा नगरपालिका–८ का २४ वर्षीय सपुन राई, भोजपुरका ३६ वर्षीय युवराज तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालयले यस अगाडि जारी गरेको सूचनामा भने १७ जना बिचौलिया पक्राउ परेको उल्लेख गरिएको थियो। प्रहरीले दिएको जानकारीमा भने २ जनाको नाम उल्लेख छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट