इलाममा वाढीले बगाएर वृद्धको मृत्यु, झापामा साईकलसहित बालिका खोलामा वेपत्ता

दमक– इलाममा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। माई नगरपालिका–८ स्थित सेते खोलाको बाढीले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो।

खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो। बाढीमा बगिरहेको अवस्थामा स्थानीयले देखेर लिम्बूलाई उद्धार गरेका थिए। उनलाई स्थानीय माई अस्पताल दानावारिमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बाटैमा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

यसैगरी, झापाको कचनकवलमा खोलाले जमुना खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन्। कचनकवल–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी खोलामा डुबेर बेपत्ता भएकी हुन्।

भारतमा रहेकी सानिमाको घरबाट फर्किने क्रममा चमारभिट्टा पुल छेउबाट साईकलसहित खोला तर्ने क्रममा उनलाई वाढीले बगाएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए। उनको खोजी भईरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट