तपाईँको आजको भाग्य – राशिफल

१३ असोज २०८१, आइतवार। असोज कृष्ण द्वादशी
मेष– मान्यजनबाट सम्मान प्राप्त गर्ने योग रहेको।पेट सम्बन्धि रोगले सताउने देखिन्छ विशेष खानपानमा ध्यान दिनुहोला।
बृष– अकस्मात धन प्राप्तिको योग रहेको छ।मन प्रसन्न हुनेछ ।यात्रामा भने सावधानी अपनाउनु होला।
मिथुन– अनावश्यक खर्च बढेर जानेछ।सोचेका काम अधुरै रहनेछ ।पारीवारिक सुख प्राप्त हुनेछ।
कर्कट– शरीरमा आलस्यता बढ्नेछ। मानसिक चिन्ताले सताउंनेछ ।मिष्ठान्न भोजनको भने योग रहेको छ।
सिंह– रोगले सताउने छ।अनावश्यक यात्रा गर्नुपर्नेछ भने अकस्मात धन प्राप्तिको योग रहेको छ।
कन्या– कार्यमा सफलता प्राप्त हुनेछ।आकस्मिक भ्रमणको योग रहेको छ । खानपानमा ध्यानुपर्ने देखिन्छ।
तुला– शुभ समाचार सुन्न पाइनेछ।अधुरो कार्य पूरा हुनेछ भने शारीरिक कष्ट हुने देखिन्छ।
वृश्चिक– मानसम्मान प्राप्त गर्ने योग रहेको छ।धनप्राप्ति हुनेछ भने नराम्रो घट्ना सुन्नुपर्ने छ।
धनु– सांगितीक क्षेत्रमा रुचि बड्नेछ।आफन्तबाट सहयोग प्राप्त हुनेछ।नसोचेको आरोप खेप्नु पर्नेछ।
मकर– अकस्मात धन प्राप्तिको योग रहेको छ।पठनपाठनमा रुचि बढ्नेछ।अपजश व्यहोर्नुपर्नेछ।
कुम्भ– दु:खको खबर सुन्नु पर्नेछ।आफन्तबाट धोका पाइनेछ।पारिवारिक भ्रमणको योग रहेको छ।
मीन– मन चञ्चल रहनेछ।सामाजिक सेवामा रुचि बढ्नेछ।अपजश व्यहोर्नुपर्ने छ।सवारीसाधनमा सावधानी अपनाउनुपर्ने छ।