भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ– सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीमा दुर्घटना भएको हो।
आज दिउँसो करिव ३ बजे बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस भलखाडा भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर गोविन्दराज काफ्लेले घट्नाको थप विवरण आउन बाँकी रहेको बताए।
प्रतिक्रिया