ट्रयाक निर्माण गरेर सञ्चालमा ल्याईयो बीपी राजमार्ग, सहज छैन हलुका सवारीको यात्रा

काठमाडौँ– १० असोजदेखि १२ असोजसम्मको अविरल वर्षा, बाढी र पहिरोका कारण २ सातासम्म ठप्प भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। वाढीले बगाएको स्थानमा ट्रयाक निर्माण गरी साना सवारीसाधन सञ्चालनमा ल्याईएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरले जनाए अनुसार वाढी र पहिरोले काभ्रेको भकुण्डेबेंसी वर्षेखोला खण्डको ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षती भएको थियो। उक्त खण्डमा ट्रयाक निर्माण भएपछि साना सवारीसाधन सुचारु भएको कार्यालयका प्रमुख सुमन योगेशले बताए।
चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन आज साँझसम्म सुधार गरी मंगलबारदेखि रुट इजाजत प्राप्त (यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त) सवारीसाधन सञ्चालन गर्ने उनले बताएका छन्। कार्यालयले रातको समयमा भने यात्रा नगर्न सूचित गरेको छ।
तर छोटो समयमा तयार गरिएको ट्रयाकमा यात्रा भने त्यति सहज छैन। चौकी डाँडामा खोलामा बनाईएको ट्रयाकमा झर्न राजमार्गबाट सानो (साँघुरो) बाटो बनाइएको छ। तर धुलाम्मे सडकमा अहिले सिंगल गाडीमात्र चल्न सक्ने क्षमता छ। एर्का तर्फबाट आएको गाडी पास नहुँदासम्म अर्कोतर्फ आएको गाडी रोकिनुपर्छ।
अर्कोतर्फबाट आईरहेका सवारी पर्खिनेका लागि धुलोले निकै ठुलो समस्या निम्त्याउन सक्छ। त्यसपछि खोला किनार नै किनार कटुन्जेमा पुगेपछि मुल सडकमा निस्कन सकिन्छ। त्यसपछि ४०० बेसीसम्म सडकमा अनि गिम्देबेसीसम्म ट्रयाकमा हिड्नु पर्छन। त्यसपछि अधिकांश समय सडक किनारमा खनिएको ट्रयाकको यात्रा झन्झटिलो छ।
खोलाको बगरमा बनाईएको यो ट्रयाक हलुका सवारी साधानका लागि निकै कष्कपूर्ण छ। त्यसमाथि खनिएको ट्रयाक पनि कुनै पनि बेला पानीले भत्काउन सक्ने सम्झावना उत्तिकै छ।
सडक डिभिजन कार्यालय भक्तपुरले भने तत्काल यात्रुको चाप वढि भएकाले ठुला बससमेत चल्न दिएर चाप खटेपछि ट्रयाक सुधार गर्ने योजना बनाएको छ। ट्रयाक सुधार गरेपछि भने यात्रा सहज हुने कार्यालयका प्रमुख सुमन योगेशले बताए।