बाबुरामको नजरमा बालेन्द्र साहः रहस्यमय पात्र, देशका लागि बडो खतरनाक

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ‘रहस्यमय पात्र’ भन्दै उनको पृष्ठभूमिबारे गम्भिर शंका ब्यक्त गरेका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले शनिवार सेलेक्टेड सम्पादक र सञ्चारकर्मीलाई बोलाएर बालेन्द्र रहस्यमय पात्र भएको दाबी गरे। बालेन्द्र लोकप्रिय रहेको तर उनी के हुन् भन्ने आफूले नबुझेको भट्टराईको टिप्पणी छ।
बालेन्द्रको पृष्ठभूमि नेपाल जस्तो जटिल भूराजनीतिक संरचनामा बडो खतरनाक हुन सक्ने उनको आशंका छ। ‘ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ। सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ। उनी हेर्दा पपुलर पनि देखिन्छन्,’ उनले भने–‘तर, उनको वास्तविकता स्पष्ट नभएकाले यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बडो खतरनाक हुन सक्छ।’
हालै सम्पन्न पार्टीको विधान अधिवेशनले पार्टीको नामका पछाडि ‘नयाँ शक्ति’ जोड्ने र झण्डाको चिन्ह परिवर्तन गर्ने लगायतबारे निर्णय गरेको विषयमा पनि उनले जानकारी गराए। थियो। देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्ति चाहिने र विगतदेखि नै आफू यस्ता शक्तिसँग सकारात्मक रहेको उनको दाबी छ।