स्पिड नियन्त्रण गर्न नसकेर कल्भर्टमा मोटरसाईकल ठोक्किदा १ युवकको मृत्यु, १ जना गम्भिर

लहान — सिरहाको सिरहा नगरपालिका–११, भलुवाहीमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका–५ का रुपेश महतो (२०) को मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका विष्णुपुर गाउँपालिका–१ का प्रदीपकुमार पासवान (३२) घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको छ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र ०१–०२–०१ प ०४३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते भएका दुवै जनालाई उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पताल लगिएको थियो।

अस्पतालले महतोलाई मृत घोषणा गरेको छ। पासवानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए।

अत्यधिक स्पिडका कारण मोटरसाईकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट