मेडिकल केयरको जागिर छोडेर नाङ्लो पसलमा ड्रग्सको सम्राज्य खडा गरेकी ‘आण्टी’ यसरी परिन फन्दामा

काठमाडौँ– सल्यान घर भई दाङको तुलसीपुुर उपमहानगरपालिका –८ दुधेन बस्ने आण्टी भनेर परिचित तिलकुमारी विश्वकर्मा (५३) लाई प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ।
उनलाई ११ कात्तिकमा पक्राउ गरी हिरासतमा राखिएको छ। तिलकुमारीको साथबाट ३५ वटा र घरबाट २ हजार ३४० ट्रामाडोलको ट्याबलेट फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताएका छन्।
प्रहरीका अनुसार तिलकुमारी पहिला तुलसीपुरकै मेडिकल केयरमा सहयोगीको काम गर्थिन। मेडिकल केयरमा काम गर्दागर्दै उनले औषधी र लागु औषधका बारेमा जानकारी पाईन। दुर्ब्यसनीलाई लागू औषध विक्रि गर्न पाए रामै्र पैसा कमाई हुने थाहा पाएपछि उनी काम गर्न थालेको ६ वर्षपछि औषधी आपुर्ति गर्ने डिस्टिब्युटर खोज्दै नेपालगञ्ज पुगिन।
डिलरबाट पहिलो पटक ल्याएको ‘ट्रामाडोल’ नामको औषधी विक्रि गर्दा उनलाई राम्रै फाईदा भयो। लागु औषधमा राम्रो कमाई देखेकी उनले त्यसपछि तुलसीपुरको सडक पेटीमा नाङ्लो पसल थापेर तरकारी वेच्न थालिन। तरकारी पसल प्रहरीको आँखामा धुलो हाल्नका लागि मात्रै थियो, उनले त्यहाँबाट लागु औषधको समाज्य नै वनाउन भ्याई सकेको खुलेको छ।
उनले दुर्व्यसनीलाई बेच्ने गरेको ट्रामाडोल नामको औषधि चिकित्सकको सल्लाह बमोजिम मात्रै बिक्री गर्न पाइन्छ। अस्पतालकै मेडिकलमा मात्रै किन्न पाइने यो औषधी अन्त किनबेच गर्न सरकारले नै प्रतिबन्ध लगाइएको छ।
तर, आण्टीले यसैलाई ब्यवसाय बनाईन। डीएसपी ठकुरीका अनुसार उनले ६० रुपैयाँ पर्ने लागु औषध सेवनकर्ता हेरेर पाँच सयभन्दा बढीमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लामो समयदेखि यही धन्दा चलाएकी उनी दुर्व्यसनीका बीचमा मुख्य डिलर समेत बनिसकेको उनले वताए।
लागु औषध विक्रिको पैसाले उनले दुधेनीमा घर–जग्गा नै जोडीसकेको प्रहरी दाबी छ। तर, उनी आफै भने लागुऔषध प्रयोग गर्दिनन्।