मोरङमा ४ किशोरी चार दिनदेखि बेपत्ता, परिवार चिन्तित

विराटनगर — मोरङमा ४ जना किशोरी विगत ४ दिनदेखि वेपत्ता भएको खुलेको छ। चारै जना एकै ठाउँका र एकै पटक बेपत्ता भएका हुन।

बेलबारी नगरपालिका –२ को कविर माविमा अध्यनरत १२ वषीया स्मृति काकी (डोली) र अनुष्का काकी (डोली) तथा सुन्दरहरैचा नगरपालिका –११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार वेपत्ता भएका हुन।

उनीहरु साथी भेट्न जाने भन्दै १५ जेठ (गणतन्त्र दिवसका दिन) घरबाट निस्किएका थिए। त्यसपछि उनीहरु फर्किर नआएको जनाईएको छ।

उनीहरुको खोजतलासका लागि आफन्तले प्रहरीमा निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजतलास भईरहेको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट