तेह्रौको प्रसाद खाएर १ सयभन्दा बढि बिरामी, अचारबाट ‘फुड प्वाइजन’ भएको आशंका

काठमाडौँ– रोल्पाको रोल्पा नगरपालिका–३, चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाएका १ सयभन्दा बढि गाउँलेहरु बिरामी परेका छन्।

रोक्काको घरमा शनिबार प्रसादको रुपमा दालभात, पुरी, अचारसहितको खाना खााएका अधिकांश विरामी परेका हुन। उनीहरुलाई‘फुड प्वाइजन’ भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। अधिकांशालई लगातार ज्वरो आउने, बान्ता, पखाला हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुन्य तिथिका दिन प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेका हुन्।’

अहिलेसम्म अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएको उनले वताए। आठजना भने अहिले पनि जिल्ला अस्पतालमा उपचाररत छन्। ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

१३ औँ दिनको पुन्य तिथिमा रोक्काका आफन्त र गाउँले गरेर झण्डै १५० जनाले खाना खाएका थिए। खानामा अचार खानेहरु बढी बिरामी परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट