प्रधानमन्त्री विरुद्ध असभ्य नारावाजी गर्ने रास्वपाका कार्यकर्ता, नियोजित रुपमै बालेन्द्रको वदनाम

काठमाडौँ– पछिल्लो समय मुलुकका प्रधानमन्त्री, राजनीतिक दलका नेता तथा भीआईपीहरुलाई टार्गेट गरेर सार्वजनिक स्थलमा असभ्य नाराबाजी गर्ने क्रम वढेको छ। बुधबार दशरथ रंगशालामा सम्पन्न भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पनि यो क्रम दोहोरियो।

रंगशालामा ओलीविरुद्ध असभ्य नाराबाजी भयो। करिव १ सयको हाराहारीमा रहेका ब्यक्तिहरुले ओलीविरुद्ध ‘केपी ओली मुर्दावाद, बालेन साह जिन्दावाद’ भन्दै नारावाजी गरे। तर, नारावाजी गर्नेहरु वालेन्द्र साह समर्थक नभई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार बुधबार प्रधानमन्त्री विरुद्ध नारावाजी गर्नेहरु रास्वपाद्वारा संगठित रूपमा खटाइएका व्यक्तिहरु हुन। उनीहरु सबैको पहिचान भएको प्रहरीले जनाएको छ। उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएको र त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नाराबाजी गर्नेहरुको सहजै पहिचान गरेको छ। रास्वपाका कार्यकर्ताले आन्तरिक म्यासेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीलाई जानकारी थियो।

रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको थियो। यो जानकारीपछि प्रहरीले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेको थियो। विगतमा जस्तै ‘बालेन साह जिन्दाबाद, केपी ओली मुर्दावाद’को नारा लगाउँदा नाराबाजीको दोष बालेन्द्र समर्थकमाथि जाने योजना अनुरूप असभ्य नाराबाजी गरिएको प्रहरीको भनाई छ।

यसवाहेक बुधबार विहानै पनि प्रधानमन्त्री विरुद्ध असभ्य नाराजुलुस हुनसक्ने सूचना प्रहरीले पायो। त्यसैले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरिएको थियो। ‘नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने। अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने’ आदेश उनीहरुलाई थियो।

आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन्। ‘विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमीका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन साह जिन्दाबाद भन्ने तयारी गरेको जानकारी हामीलाई पहिले नै थियो’ एक प्रहरी अधिकारीले भने–‘त्यसै अनुसार तयारी गरिएको थियो।’

नारावाजी गर्नेमा केही माओवादी कार्यकर्ता पनि संलग्न रहेको पाईएको छ। तर, उनीहरुको संलग्नता संगठितरुपमा छैन। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने सवैलाई तत्कालका लागि नोटिसमा मात्र राखिएको प्रहरीले जनाएको छ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। ओलीको पुतला जलाउने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अभद्र नाराजुलुस गर्ने लगायतका कृयाकलाप भईरहेका छन्।

ओलीले भने लामिछाने ठगी प्रकरणमा पक्राउ पर्नुमा आफनो कुनै हात नरहेको वताउँदै आएका छन्। आफूले छानविन समिति नबनाउने भन्दाभन्दै रवि स्वयं र अहिले रविको पक्षमा उभिएको माओवादीले समेत समिति बनाउने निर्णय गरेको ओलीको भनाई छ।

सोही संसदीय समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ पर्दा आफूलाई आरोप लगाइएकोमा ओलीले आपत्ति जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट