प्रेसर कुकर विस्फोटमा घाईते भएकी महिलाको १२ दिनपछि मृत्यु

विराटनगर– केही दिनअघि प्रेसर कुकर विस्फोट भएर घाईते भएकी मोरङको बेलबारी नगरपालिका–६, सोमबारे बोराबाँधकी महिलाको मृत्यु भएको छ।

विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा घट्नाको १२ दिनपछि उनको मृत्यु भएको हो। बोराबाँधकी सविना मगर (३८) को विहिबार विहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा खाना पकाउने क्रममा गत ३ कात्तिकको विहान करिव ९ बजे प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन्। कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाईएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट