विद्यालयको पोखरीमा कार डुब्यो, २ जना वेपत्ता
जनकपुर– सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित विद्यालयको पोखरीमा मंगलबार विहान एउटा कार डुवेर २ जना वेपत्ता भएका छन्।
बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुबेको हो। कारमा रहेका गौशाला नगरपालिका–१० का अन्दाजी सुरेश महतो (३८) र सोनवा गाउँपालिका–८ का रामाकान्त ठाकुर (३७) सवार वेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार महोत्तरीको गौशाला –२ का जनक यादव (३१) भने पौडिएर बाहिर निस्किएका छन्। अन्यको खोजी भईरहेको छ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

