चितवनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाईते

काठमाडौँ– चितवनको भरतपुर महनगरपालिका–२९, सत्रकिलोमा आज विहान बस र इलेक्ट्रिक हायस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस र मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस आपसमा ठाक्किएर दुर्घटना भएको हो।

चितवन प्रहरीका डीएसपी भेसराज रिजालका अनुसार दुर्घटनामा हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का राजबहादुर गुरुङ (४२), परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको भरतपुर अस्पताल र ४ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइहरेको छ। बसका सहचालक काठमाडौं महानगरपालिका–३२ बस्ने भोजविक्रम शाह (३०) पनि सामान्य घाइते छन्। बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ का सूर्यविक्रम विष्ट (४०) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट